अपडेट 
साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी | सर्लाही -४ मा माओवादी केन्द्रको क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न | साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी | घाइते पत्रकार मण्डललाई सहयोग गर्ने पूर्वमन्त्री प्रभु साहको घोषणा | बाराका मनोज रत्न पदकबाट समानित | पाँच दलिय गठबन्धन : मधेसमा कतै सहमति त कतै झमेला | रौतहटको परोहामा युवाहरूद्वारा मेयर विरुद्ध प्रदर्शन | पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव | बच्चा चोरको आरोप लगाउदै साधु-सन्तलाई कुटपिट(भिडियो सहित) | कराेडौंको याेजना क्षेत्रमा ल्याएकाे छु : सांसद शाह |
२०७७ फाल्गुन २१, शुक्रबार ०३:००

दार्चुलामा प्रचण्ड–नेपाल समूहभित्र नेतृत्वको विषयलाई लिएर विवाद बढेको छ । फागुन १७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजित भेलाबाट प्रचण्ड नेपाल समूहभित्र विवाद बढेको हो ।अहिले प्रचण्ड–नेपाल समूहका अध्यक्ष गणेशसिह खत्री छन् । भने सचिवमा गणेश कुमार जोशीलाई मनोनयन गरिएको छ । केन्द्रमा प्रचण्ड नेपाल समूहबीच भएको सहमतिअनुसार पूर्व एमालेबाट गएका जोशीलाई सचिवमा मनोनयन गरिएको हो ।

भेला मात्रै आयोजना गरेको भनिएपछि फागुन १८ गते मार्मा गाउँपालिका अध्यक्ष एवं नेकपा प्रचण्ड नेपाल समूहका प्रदेश सदस्य जमनसिह धामीको नेतृत्वमा छुट्टै बैठकको आयोजना गरिएपछि प्रचण्ड नेपाल समूहभित्र विवाद बढेको हो । तर धामी समूहले भने जिल्ला कमिटी बैठक बोलाउने सहमति भएपनि खत्री समूह पछाडि हटेपछि आफुहरुले बैठकको डाकिएको दाबी गरेको छ ।प्रचण्ड नेपाल समूहमा रहेका जिल्ला कमिटी सदस्यहरुको बहुमत सदस्यहरुको हस्ताक्षर गरेर मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले आफु अध्यक्ष रहने गरी प्रदेश र केन्द्रमा सिफारिस गरेको प्रचण्ड नेपाल समूहका एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले बहुमत सदस्यको निर्णय गरेर धामीलाई अध्यक्ष बनाउन सिफारिस गरेका छौ ।

पार्टीका अध्यक्ष रहनुभएका खत्री समूहले दार्चुलामा जिल्ला कमिटीकौ बैठक नै नबसेको बताउनुभयो । हाम्रो बैठक बसेको छैन् । हामीलाई बैठकबारे जानकारी छैन् । अध्यक्ष सचिवले बैठक बोलाएको छैन् । कसैले समूहको भेला बोलाएको भए थाहाँ भएन् खत्री समूहका एक नेताले भन्नुभयो ।
बैठक भएको भए हाम्रो प्रदेशका सह इन्चार्ज लक्ष्मणदत्त जोशी, पार्टी अध्यक्ष भानुभक्त जोशी यहि हुन्थे । उनीहरु बैठकको लागि आएनन्, हैनन्, खत्री निकट एक नेताले भन्नुभयो, भेलाको लागि आएका हुन्, भेला सकिएपछि फागुन १९ गते काठमाण्डौ पुग्नुपर्ने भएपछि उनीहरु फर्किएका हुन् ।
केन्द्रीय सहमतिअनुसार यसअघि पनि खत्री पार्टीको अध्यक्ष हुन् । अहिले पनि पार्टीको विधान र सहमतिअनुसार हटाउन सक्दैनन् ती नेताले भन्नुभयो । अहिलेको अवस्थामा केन्द्रले गरेको निर्णय नै पार्टीको निर्णय हो ।

हामीहरु बीचमा पार्टी विभाजन नभईसकेको अवस्थामा पहिलेकै १३५ जनाको जिल्ला कमिटी सदस्यको पूर्णता नदिएरै बैठक बस्दैन भन्ने छलफल भएको हो । केपी समूहतिर गएका नेताहरुको ठाउँमा नयाँ मनोनयन गरेर मात्रै बैठक बस्ने हो ती नेताले भन्नुभयो । अहिलेको परिस्थितीमा पार्टीनिर्माण गर्नुको साटो गुटको भेला गर्नु उपयुक्त हैन् । अध्यक्षको निर्देशनमा सचिवले भेला सकिएको र बैठक नबस्ने भनि सकेपछि पार्टीको बैठक हुन सक्दैन् ती नेताले भन्नुभयो, त्यो कुनै समूहको भेला होला ।
प्रचण्ड नेपाल समूहभित्र रहेका अध्यक्ष जमनसिह धामी र गणेश खत्रीबीच पूर्व माओवादी हुँदा देखि विवाद रहदै आएको थियो । पूर्व माओवादीले विगतदेखि नै खत्रीलाई अध्यक्षमा स्वीकार गरेका थिएनन् । विगत देखिको तिक्तता अहिले आएर पुन नेतृत्वमा देखिएको हो ।

खत्री एमाले र माओवादी एकता हुँदाको बखत गृहमन्त्री रामबहादुर थापा समूहबाट पार्टीको अध्यक्ष बन्न सफल भएका थिए ।
अहिले जमनसिह धामीले अझै जिल्लाभरीका जिल्ला कमिटी तथा कार्यकर्ताहरुलाई तान्न लविङ गरिरहनुभएको छ । उहाँले पूर्व एमालेका कार्यकर्तादेखि पूर्व माओवादीका कार्यकर्ता आफ्नो समूहमा तान्ने दाउँमा छन् ।खासगरी पूर्व माओवादीले अध्यक्ष धामीलाई पूर्व एमालेभित्रका कार्यकर्ता तान्न सक्ने भएकै कारण अध्यक्ष बनाएर लिन खोजेको हो । अध्यक्ष धामीलाई प्रदेशसभा सदस्य मानबहादुर धामी सन्तोषले सहयोग गर्नुभएको छ । भने खत्रीको पक्षमा प्रदेश कमिटि सह इन्चार्ज लक्ष्मणदत्त जोशीको सहयोग छ ।

धामीलाई पार्टीको अध्यक्ष र मानबहादुर धामीलाई प्रदेश मन्त्री बनाउन उहाँहरुको टोलीले एक महिना अघि काठमाण्डौंमा प्रचण्ड नेपाल समूहका शिर्ष नेतृत्वलाई भेटेर आएका थिए । केन्द्रले जिल्ला कमिटीमा बहुमत सदस्य पुर्याएर सिफारिस गरेर अध्यक्ष बनाउने संकेत पाएपछि धामी समूहले हस्ताक्षर बुझाएको स्रोतको दाबी छ ।
अहिले पनि केपी समूहको नेकपामा रहेका एक नेताका अनुसार आफुलाई पार्टीमा सहयोग गर्न अध्यक्ष धामीले आग्रह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, अध्यक्ष धामीले आफुले नेतृत्वको लागि दाबी गरिसकेपछि यहाँहरुको सहयोग चाहिन्छ भन्दै आउनुभएको छ । उहाँले आफु अहिले निकै तनावपूर्ण स्थितीमा रहेको र यो अवस्थामा सहयोग गर्न आग्रह गरिरहनुभएको छ ।सचिवलाई कार्वाही प्रचण्ड नेपाल समूहले केपी समूहमा लागेका तत्कालीन पार्टी सचिव उदयसिह बडाललाई कार्वाही गरेको छ । सोही अनुसार पार्टी सचिवमा तत्कालीन एमालेका जिल्ला कमिटी सदस्य रहनुभएका गणेश कुमार जोशीलाई पार्टीको सचिव बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय