अपडेट 
साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी | सर्लाही -४ मा माओवादी केन्द्रको क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न | साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी | घाइते पत्रकार मण्डललाई सहयोग गर्ने पूर्वमन्त्री प्रभु साहको घोषणा | बाराका मनोज रत्न पदकबाट समानित | पाँच दलिय गठबन्धन : मधेसमा कतै सहमति त कतै झमेला | रौतहटको परोहामा युवाहरूद्वारा मेयर विरुद्ध प्रदर्शन | पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव | बच्चा चोरको आरोप लगाउदै साधु-सन्तलाई कुटपिट(भिडियो सहित) | कराेडौंको याेजना क्षेत्रमा ल्याएकाे छु : सांसद शाह |
२०७७ चैत्र ९, सोमबार १३:४६

बैतडी । बैतडीकी भागरथी भट्ट घटनाका अभियुक्त दिनेश भट्टले पछिल्लो समय बयान फेरे पछि फेरी तरंग उत्पन्न भएको छ । प्रहरीले अनुसन्धान सकेर अदालतको आदेशमा उनी अहिले सुधार गृहमा छन् । सुधार गृहमा रहेका बेलामा उनले आफ्ना बुवालाई फोन गरेर घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका हुन् ।

त्यस पछि उनका बुवा सुधार गृहमा दिनेशलाई भेट्न समेत पुगेका थिए । प्रहरीकै अगाडी दिनेशले आफ्ना बुवासंग कुराकानी गर्दा पनि संलग्नता अस्वीकार गरेको उनका बुवाले पत्रकार सम्मेलन गरी बताएका छन् । भागिरथी घटनापछि दिनेशको परिवार बैतडीबाट महेन्द्रनगर गएको छ । अहिले दिनेशले भने आफ्नै दिदीमाथि त्यस्तो घटना गर्न नसक्ने बताएका छन् ।

दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् । प्रहरीले उनैले घटना गराएको भन्दै गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् । किशोर दिनेशले आफूले दिदी समानकी भागरथीमाथि यस्तो सोच्न पनि नसक्ने भन्दै आफन्तहरुलाई भनेका छन् ।

आफन्तसँगको सम्पर्कपछि उनले घटनामा संलग्नता अस्वीकार गरेका छन् । भागरथी घटनामा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी घटनाको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम भनेको बुझिएको छ ।

बाल सुधार गृहबाट फोन गरेर आफूले घटना नगरेको बताएको दिनेशका बुवा दिपकराज भट्टले दावी गरे । शनिबार उनी आफै दिपायल गएर छोरो भेटेर आएको थिए । दिनेशका बाबुका अनुसार एक जना वडा कार्यालयकै कर्मचारी भएको र अर्को व्यक्तिलाई नचिनेको समेत छोराले भनेको छन् । तर, नेपाल प्रहरीले भने बाहिर अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको कुनै अर्थ नरहेको जनाएको छ ।

परिवारको रोहबरमा बयान लिने क्रममा अभियुक्तले प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा समेत अ प रा ध स्वीकार गरेको र प्रमाणले समेत उनको संलग्नता पुष्टि गरिसकेको बताउँदै यी कुराको अर्थ नहुने जनाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले कसले के भन्यो भन्ने कुरा फेरी प्रमाणित गर्नुपर्ने जरुरी नभएको बताएका छन् ।

प्रहरी अधिकारीहरुले त्यसलाई ‘सामान्य आत्मसन्तुष्टि मात्रै हो’ भन्ने जवाफ दिएका छन् । ती अधिकारीले भने, ‘परिवारका सदस्यले छोरालाई जोगाउन खोज्नुलाई अन्यथा भन्न मिल्दैन । किनभने परिवारमा केही गर्न सक्ने व्यक्ति ऊ मात्रै थियो । तर ऊ पनि अ प रा ध मा मुछिएपछि परिवारमा परेको चो टलाई नजरअन्दाज गर्न मिल्दैन ।

त्यसबाहेक केही व्यक्ति वा समूह ती परिवारलाई उचालेर राजनीतिक र सामाजिक लाभ लिन खोज्ने पनि हुनसक्छन् । त्यसकारण त्यसलाई सामान्य ढङ्गले बुझ्नुपर्छ । तर यो विषय अदालतमा पुगिसकेको कारण मैले थप केही बताउन मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय