२०७८ फाल्गुन २९, आईतवार १८:२६

 

 

फागुन २९ । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । आइतबार अबेर राति सार्वजनिक मत परिणाममा सिंहले अर्का उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८० मतले पराजित गरेका हुन् ।

सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत ल्याए । पार्टीका मधेश प्रदेश उपसभापतिका दाइ मन्त्री बिरेन्द्र प्रसाद सिंहका दाई समेत रहेका सिंह संस्थापन पक्षका उम्मेदवार हुन् । नव निर्वाचित सभापति सिंह आफ्नो जित समग्र नेपाली कांग्रेसको जित भएको भन्दै चुनावी प्रतिष्पर्धालाई बिर्सिएर सबैलाई एकढिक्का बनाएर सर्लाहिलाई नेपाली कांग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं आउँदो स्थानिय तहको निर्वाचनमा जिल्लाको २० वटै पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा दिलो ज्यान दिएर लाग्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय