२०७८ चैत्र १०, बिहीबार ०५:०४

सर्लाहीको दक्षिणी र पक्षमी भु- भागमा अवस्थित राम नगर गाउँपालिकाको अध्यक्ष पदमा राजा यादवको चर्चा व्यापक रुपमा चुलिएको छ ।

युवा माझ लोकप्रियता बतुल्न सफल राम नगर -५ का बर्ष २३ को राजा यादव माओवादी केन्द्रबाट अध्यक्ष पदमा लड्ने घोषणा गरेपछि चौतर्फी चर्चाका पात्र बनेका हुन ।

हजारौं युवाहरुको समर्थन र चारै तीरबाट भरपुर सहयोग प्राप्त भएकोले ” म ” चुनावी मैदानमा उत्रेको र जित पनि सुनिश्चित रहेको उमेदवार राजा यादवले दाबी गरेको छ ।

राजाले राम नगर गाउँपालिका ५ बर्षको अवधिमा अन्य स्थानिय तहभन्दा धेरै “तल” रहेको बताउदै आफू जितेपछी सर्लाहिकै सर्व-श्रेष्ठ गाउँपालिकाको रुपमा परिचित गराउने प्रतिबद्धता समेत जाहिर गरे ।

समाजिक सद्भाव , भौतिक पुर्वाधार , शिक्षा , स्वास्थ र  बेरोजगारी लगायतको समस्या हल गर्न आफू चुनावी रणभुमिमा उत्रेको राजाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय