
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका –१५ का नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार राम बहादुर चौधरीका छोराका समुहहरुले दलितहरुलाई कुटपिट गरेका छ।
एमालेका उम्मेदवार रामबहादुर चौधरीको छोरा अजय चौधरी सहित मिथुन चौधरी र मुकेश पासवान लागयतको सामुहिक हमलाबाट नेपाली कांग्रेसका कार्यकर्ता बलिराम पासवान र जधु पासवान घाईते भएका छन ।
घाइते मधे गम्भीर रहेका जधु पासवानलाई नवजीवन होस्पिटल बरहथवामा उपचार भैरहेको स्रोतले जनाएको छ ।
बिगतको चुनावमा दलितकै भोट्बाट निर्वाचित भएका रामबहादुर चौधरी का छोराहरूद्वारा दलितमाथी भएको सामुहिक हमला निन्दनीय कार्य भएको भन्दै नेपाली कांग्रेस सर्लाही क्षेत्र न. -४ का युवा नेता निकेश त्रीपाठिले दोषीमाथि कारबाही हुनुपर्ने माग राखे। केही समयमा कांग्रेस जिल्ला कार्य समितिको आकस्मिक बैठक बसेर घटनाबारे थप पहल गरिने जानकारी दिए।