२०७९ जेष्ठ १४, शनिबार ०८:५८

सर्लाहीको धनकौल गाउँपालिकाको तीन वटा मतदान स्थलको निर्वाचन बदर गरी पुनः निर्वाचन गर्न माग दावी गरिएको छ ।RAM NAGAR RURALMUNCIPLITY

नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका फकिरा महतोले निर्वाचन बदर गर्न उच्च अदालत जनकपुरमा मुद्दा दिएका छन् । महतोले धनकौल–५, उनी निकट रामअधार राय यादवले वडा नम्बर २ र वडा नम्बर १ को निर्वाचन रामकिशोर ठाकुरले बदर गर्न मुद्दा दायर गरेका हुन् । यहाँको वडा नम्बर २ मा बुथ कब्जा गरी नेपाली कांग्रेसका उम्मेदवारले मतपत्र छापेको आरोप लागेको छ । वडाध्यक्ष पदमा १ हजार ४ सय १९ मत ल्याएर नेपाली कांग्रेसका रामबहादुर सहनी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी रामअधार राय यादवले मात्र ६ मत ल्याएका छन् । निर्वाचन अधिकृत र गणना अनुसार धनकौलको पालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह निर्वाचित भएका छन् ।

साहले महतोलाई एक हजार ९९ मतले पराजित गरेका छन् । साहले ४ हजार ४ सय ४४ मत ल्याए भने पराजित भएका महतोले ३ हजार ३ सय ७८ मत ल्याएका छन् ।

यस्तै, सर्लाहीकै हरिवन नगरपालिका ७ मा पुनः मतगणना गर्न माग गरिएको छ । नेकपा एमालेका उम्मेदवार निरधव्ज कार्की एक मतले निर्वाचित भएका छन् । एक मतले मात्रै पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार टीका जंङ्ग थापाले पुनः मतगणना गर्न माग गर्दै मुद्दा दार्ता गराएका छन् ।

मलंगवा नगरपालिका ११ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । पाँच मतले माओवादीका नन्दकिशोर राय निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवलाई पराजित गरेका छन् । पानो देवीले यस वडामा पुनः मतगणना गर्न माग गर्दै मुद्दा दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय