
सर्लाही । रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले समाजिक सुरक्षा भता वडा कार्यालयबाट बितरण गर्ने कार्यको सुरुवात गरेको छ।
अध्यक्ष यादवले आफ्नो चुनावी प्रतिबद्धता अनुसार समाजिक सुरक्षा भता वडा कार्यालयवाट बितरण गर्ने कार्यको सुरुवात गरेपछी हप्तौ सम्म बैंक धाउनुपर्ने बाध्यता हटेको छ। वडा स्तरबाट भता बितरण हुनेहुदा त्यहाँका वृद्ध,वृदाहरु खुशी भएका छन ।
यो भन्दा अघि गाउँपालिकाका सबै वडाबासिका समाजिक सुरक्षा भता बैंकबाटै हुँदै आएको थियो । जसबाट बैंकमा भिडभाड हुनुको साथै अति अशक्त बृद्ध, बृदाहरुलाई बैंकसम्म पुनु र प्रतीक्षा गर्नु असाध्यै कठिनाईपुर्ण थियो।