अपडेट 
साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी | सर्लाही -४ मा माओवादी केन्द्रको क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न | साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी | घाइते पत्रकार मण्डललाई सहयोग गर्ने पूर्वमन्त्री प्रभु साहको घोषणा | बाराका मनोज रत्न पदकबाट समानित | पाँच दलिय गठबन्धन : मधेसमा कतै सहमति त कतै झमेला | रौतहटको परोहामा युवाहरूद्वारा मेयर विरुद्ध प्रदर्शन | पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव | बच्चा चोरको आरोप लगाउदै साधु-सन्तलाई कुटपिट(भिडियो सहित) | कराेडौंको याेजना क्षेत्रमा ल्याएकाे छु : सांसद शाह |
२०७९ श्रावण १८, बुधबार ०८:१९

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।

अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गरेको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने स्वचालित प्रणाली लागू हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय