२०७९ आश्विन ८, शनिबार १०:५६

सर्लाही । नेकपा माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य शिवपुजन राय यादवले पार्टीले अनतरघाट गरे स्वतन्त्र उम्मेदवारी उतारेर जिताएर देखाउने दाबी दिएको छ।

नेकपा माओवादी केन्द्र सर्लाही क्षेत्र न-४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संविधान सभा सदस्य यादवले पार्टी अध्यक्ष पुष्प कमल दहाल`प्रचण्ड´सङ्ग भएको सहमति बिपरित टिकट बितरण भयो भने यस क्षेत्रका दुईटै प्रदेश सभा सदस्य र प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार उतार्ने घोषणा गर्नु भएको छ।

यादवले भने, प्रतिनिधिमा कांग्रेस आयो भने दुईटै प्रदेश माओवादी केन्द्र र प्रतिनिधि सभा माओवादीलाई दिईयो भन्ने दुईटै प्रदेश कांग्रेसले पाउने पार्टी अध्यक्ष `प्रचण्ड ´सङ्ग छ्लफल भएको छ।यदि छलफल बिपरित टिकट बितरण भयो भने जनता जनार्दनहरुको सलाह सुझाव अनुसार दुईटै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सभामा स्वतन्त्र उम्मेदवार उतार्ने छु।

क्षेत्रीय कार्यकर्ता भेला कार्यक्रममा माओवादी केन्द्रका रामनगर गाउँपालिका अध्यक्ष श्रीनन्दन प्रसाद यादव, केन्द्रीय सदस्य श्रीचन यादव, रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, बलरा नगरपालिकाका नगर प्रमुख रमा शंकर कुश्वाहा, शिक्षा प्रेमी नन्द किशोर यादव, क्षेत्रमा माओवादी केन्द्रबाट विभिन्न स्थानिय तहको वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष लगायत ५ हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय