२०७९ आश्विन २७, बिहीबार ०४:१२

सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका डा. अमरेश कुमार सिंहले चुनाव चिन्ह माछा पाएका छन् ।

क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालयले बुधबार सिंहलाई मंसिर ४ को चुनावका लागि माछा चुनाव चिन्ह दिएको हो । पार्टीले अन्तिममा निवर्तमान जिल्ला सभापति नागेन्द्रकुमार रायलाई टिकट दिएपछि सिंहले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए ।

उक्त क्षेत्र अन्तर्गत प्रदेश सभा क मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका प्रितम कुमार यादव र ख मा बागी उठेकी अनिता देवी यादवले सिंहकै नेतृत्वमा स्वतन्त्र प्यानल बनाएर चुनाव प्रचारप्रसार सूरु गरेकाे स्थानीयले बताएका छन् । उनिहरु दुवैजनाकाे चुनाव चिन्ह भने लालटिन रहेकाे छ ।

सिंह सो क्षेत्रको निवर्तमान सांसद समेत हुन् । सर्लाहीमा सत्ता गठवन्धनभित्र क्षेत्र नं. २ (क) मा हरिपूर्वा नगरपालिकाका निवर्तमान मेयर सियाराम राय बाहेक अन्यले उम्मेदवारी फिर्ता लिएनन् ।

गठवन्धनको मंगलबार मलंगवामा बसेको बैठकले गठवन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेको उम्मेदवारी फिर्ता गराउन केन्द्रीय नेताहरुमार्फत पहल गर्ने निर्णय गरेको थियो । तर, ९ जना बागी मध्ये सियाराम बाहेक अन्य कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् ।सम्भार-उज्यालो अभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय