
नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले आफ्नो क्षेत्रमा सिँचाईको लागि बजेट व्यवस्था गरे पनि पालिकाले टेन्डर नगर्दा बजेट फ्रिज भएको बताउनु भएको छ ।
महाराजगन्ज नगरपालिकामा निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उहाँले बुद्धभूमि र महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा किसान मर्कामा परेको बताउनु भयो महाराजगन्जको तेनुवामा सिँचाईको लागि १ करोड रुपैया बजेट पारे पनि महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा बजेट ल्याप्स भएको बताउनु भयो ।
उहाँले अगिल्लो वर्ष पनि तेनुवा बाधको लागि ६५ लाख रुपैया विनियोजन गरेको थिए त्यो वजेट पनि टेण्डर नगर्दा ल्याप्स भएको बताउनु भयो । उहाँले महाराजगन्ज र बुद्धभूमिमा सिँचाईको लागी सेखुनिया ताल मानपुरका लागि वि…