२०७९ कार्तिक ५, शनिबार १५:५५

आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावका लागि चुनावी रणभुमिमा हिस्सा लिएकाहरु अहिले जोडतोडले जनता रिझाउनमा ब्यस्त देखिन्छन।कोहि खेत,खलियान सम्म पुग्छन् त कोहि खुट्टा ढोग्ने गरेको पाईएको छ। यसै क्रममा सर्लाही निर्वाचन क्षेत्र न.-२ र क्षेत्र न.-४ मा अचम्मको राजनितिक अवस्था हेर्न सकिन्छ।

सर्लाही क्षेत्र न-२

सर्लाही क्षेत्र न.-२ मा गठबन्धनकै उम्मेदवारहरु दलगत रुपमै एक-आपसमा भिडेका छन। माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौड़ाबाट चुनाव लडेका महेन्द्र यादव र गठबन्धन भित्रकै लोकतान्त्रिक समाजबादी पार्टीका उम्मेदवार राजेन्द्र महतो बिच प्रतिस्पर्धा हुने भएको छ।

सर्लाही क्षेत्र न-४

सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धन विरुद्ध माओवादीका शक्तिशाली नेता शिव पुजन यादवकि छोरी मधुमाला यादवले उम्मेदवारी दिएकी हुन।यो क्षेत्रमा शिवपुजनको पक्कड रहेपनी गठबन्धनले अन्यबाट उम्मेदवार उठाएर ल्याएपछी जनताले स्विकार्न अस्विकार गरेको जनता जनार्दनकै आग्रहमा मधुमाला यादवले उम्मेदवारी दिएको स्थानिय नेता प्रदिप शाहले बताए । मधुमालाको उम्मेदवारीको देशभर नै चर्चा बटुलेको छ। एकाशी शिक्षित महिला राजनितिमा होमिएपछी महिलाहरुको हक,अधिकार र मनोभावना बिपरितका कृयाकलापहरु नहुने बिश्वास सहित क्षेत्रका पिछडिएका महिलाहरु गदगद छिन।

यस्तै यसै क्षेत्रको (ख) प्रदेश सभा मा माओवादीकै उम्मेदवारहरु बिच प्रतिस्पर्धा हुने देखिएको छ।गठबन्धनबाट फकिरा महतोले टिकट पाएपछी अर्का माओवादी केन्द्रकै नेता श्रीचन रायले स्वतन्त्र उम्मेदवारी दिएका हुन।अगाडि देखिनै आफुले टिकट पाउने बिश्वास रहे पनि राजनिती षड्यन्त्रमा राजनिती हत्या भएको र न्यायका लागि उम्मेदवारी दिई जनता सङ्ग न्याय माग्दै घर-घर घुम्दै छु,उम्मेदवार रायले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय