२०७९ कार्तिक १२, शनिबार ०१:३९

सर्लाही – मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावले राजनीतिक माहोल तातेको छ । पाँच वर्षमा एक पटक आउने चुनाव अनि विभिन्न पदमा उम्मेदवारी दिएका हजारौभन्दा धेरै उम्मेदवारका कारण आम मान्छेको चासोमा वृद्धि हुनु स्वाभाविक नै देखिन्छ ।

चुनावमा कसको हार वा जित हुने हो त्यो त मत परिणाम आएपछि मात्र थाहा होला । तर हाल एक स्वतन्त्र उम्मेदवारको विशेष चर्चा भइरहेको छ । सर्लाही निर्वाचन क्षेत्र न .-४ को प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिई दिनहुँ जनता सामु खुरुखुरु हिडदै मत माग्दै गरेकी २६ बर्षिय युवती मधुमाला यादवको चर्चा व्यापक रुपमा चुलिएको छ।

एक त युवा त्यसपछी एउटा महिला भएकोले युवा लगायत महिलाहरु मधुमाला यादवप्रती बढी आकर्शित भएको देखिन्छ। दिनहुँ पाँच सय हजारको हराहरीमा महिला, युवा मधुमाला यादवका लागि मत माग्ने गरेको देखिन्छ।घर-घर,टोल,छिमेक तथा सोसल मिडिया लगायत समाचारहरुमा पनि मधुमाला यादवकै चर्चाले विपक्षी हल्लिएको स्थानिय बुद्धिजिवि प्रकाश यादवले बताए।

हुन्न त मधुमाला यादवको बुवा संविधानसभा सदस्य शिवपुजन यादव सर्लाहिको सु-प्रसिद्ध नेता मध्ये एक हुन।बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा शिवपुजनको नामले कतिपय वडा अध्यक्षले बाजि मारे।बुवाको नामले पनि मधुमाला यादवलाई अपार जनसमर्थन पाईरहेको र जित नजिक रहेको बलराका एक वृद्ध रामसेवक मण्डलको भनाई छ। मण्डलका अनुसार शिवपुजन यादव अवाज बिहिनका अवाज,शोषित ,उत्पीडित ,गरिव र दलितका लागि भगवान हुन । क्षेत्रमा गरिव, दलितलाई पुजिपती , जमिनदार र बाबुसाहबको गुलाम बन्नुपर्ने बाध्यता थियो। शिव पुजनले त्यो राणा जस्तै शासनको अन्त्य गरि गरिव , दलितलाई स्वतन्त्रता प्रदान गरे।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय